default_image

1 year ago

November 27, 2023

आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी

25589 views

0 Bookmark

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा फ्रेन्चाइज टोलीले फुकुवा र टोलीमै रहने (रिटेन र रिलिज) हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । आगमी डिसेम्बरमा १९ फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक क्षमता भएका खेलाडीलाई अक्सनमा मूल्य लगाउने छन् ।

यस पटकको आइपिएलमा नेपाली खेलाडी बिक्ने उच्च सम्भावना छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको सानदार प्रदर्शनको कारण नेपाली खेलाडीले आइपिएल खेल्ने सम्भावना उच्च छ ।

पछिल्लो सात महिनामा नेपालले भारतसँग ३ महत्वपूर्ण खेल खेलेको छ । त्यसले गर्दा सबै आइपिएलका फ्रेन्चाइज टोलीले नेपाली खेलाडीको प्रदर्शनको आधारमा अक्सनमा किन्ने सम्भावना धेरैछ । आइपिएल २०२३ मा बिक्नसक्ने उच्च सम्भावना बोकेका ३ नेपाली खेलाडीहरु यस प्रकार छन् ।

३. कुशल मल्ल – (अलराउन्डर)

नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल आइपिएलमा बिक्न सक्ने सम्भावना बोकेका युवा खेलाडी हुन् । कुशल टि२० खेलका लागि चर्चित खेलाडी पनि हुन् । आक्रामक ब्याटिङ र स्पिन आक्रामणको कारण उनी बिक्ने सम्भावना छ ।

कुशल ओपनिङ देखी कुनैपनि भूमिकामा खेल्न सक्छन् । स्पिन पनि पुरै चार ओभर गर्ने क्षमता राख्छन् । हरेक टोली अलराउन्डरमा ध्यान दिनसक्छन् । ठूला सर्टको लागि माहिर हुँदा कुशलको सम्भावना छ ।

कुशलले गत सेप्टेम्बरमा १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमै शतक हानेका थिए । टि२० आई क्रिकेट इतिहासकै सर्वाधिक छिटो शतक थियो । उनले भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिका डेविड मिलरको ३५ बलको कीर्तिमान तोडेका थिए ।

उक्त प्रदर्शनपछि धेरै फ्रेन्चाइजले कुशलको प्रदर्शनलाई नजिकबाट हेर्दै आएका छन् । उनले नेपालबाट २८ टि२० आईमा १७४.६२ को स्ट्राइक रेटमा रन जोड्दै ५ सय ८५ रन बनाएका छन् ।

कोलकाता, दिल्ली र बेंगलोरले ४–४ विदेशी खेलाडी किन्न पाउँछन् । माइकल ब्रेसवेल र वानिन्दु हसरंगा जस्ता स्पिन अलराउन्डर फुकुवा गरेको हुँदा बेंगलोरले कुशललाई भित्र्याउन सक्ने सम्भावना देखिन्छ । कुशलले टि१० आबुधाबी र पाकिस्तान जुनियर लिग जस्ता विदेशी लिग खेलि सकेका छन् ।

२. सन्दीप लामिछाने – स्पिनर

सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनलाई २०१८ मा दिल्ली क्यापिटल्स (दिल्ली डेयर डेभिल्स) ले २० लाख भारुमा किनेको थियो । सन्दीप २०२० सम्म दिल्लीमा रहेका थिए । तर २०२१ मा फुकुवा गरेपछि उनी बिक्न सकेका छैनन् ।

एसोसिएट क्रिकेटका एक उत्कृष्ट स्पिनर सन्दीपले नेपाली क्रिकेट टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन्दीपले आइपिएलसँगै बिग ब्यास लिग लगायतका विश्वका चर्चित विदेशी लिग खेलि सकेका छन् । सन्दीप ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने खेलाडी हुन् ।

उनले राशिद खानको ४४ औं खेलको कीर्तिमान तोडेका हुन् । गत अगष्टमा ग्लोबल टि२० क्यानडामा सन्दीपले राम्रो प्रदर्शन गरेका थिए । पछिल्लो समय सन्दीपले ब्याटिङमा पनि सुधार गरेका छन् । जसले गर्दा यस पटक अक्सनमा बिक्न सक्ने सम्भावना छ ।

१.दीपेन्द्रसिंह ऐरी – (अलराउन्डर)

यस पटकको आइपिएल अक्सनमा दीपेन्द्रले मूल्य पाउने सम्भावना धेरैछ । दीपेन्द्रले पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टि२० क्रिकेटमा दीपेन्द्रको प्रदर्शन झनै राम्रो छ । १९ औं एसियाली खेलकुदमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेका थिए ।

विश्व क्रिकेट इतिहासमा यो अव कहिल्यै नतोडिने र्कीिर्तमान हो । उक्त ९ बलमा अर्धशतकपछि दीपेन्द्रले धेरै फ्रेन्चाइज टोलीको ध्यान आफूतिर केन्द्रित गरेका थिए । त्यसै प्रतियोगितामा क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्रले शतक बनाएका यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडलाई आउट गरेका थिए । उक्त खेलमा दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिएका थिए ।

ब्याटिङमा दीपेन्द्रले १५ बलमा ४ छक्कासहित ३२ रन बनाएका थिए । शिवम दुबेलाई १४ औं ओभरमा दीपेन्द्रले लगातार तीन छक्का हानेका थिए । एसिया कपमा दीपेन्द्रले २५ बलमा ३ चौकासहित २९ रन बनाएका थिए । भारतविरुद्ध उत्कृष्ट प्रदर्शनले दीपेन्द्रको सम्भावना धेरैछ ।

ग्लोबल टि२० क्यानडाको कारण एसिसी इमर्जिङ टिम्स एसिया कप भने खेलेका थिएनन् । ग्लोबल टि२० क्यानडामा मोन्टिरिएल टाइगर्सलाई च्याम्पियन बनाउन दीपेन्द्रले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दीपेन्द्रले फिल्डिङमा पनि त्यतिनै उत्कृष्ट प्रभाव छाडेका थिए ।

दीपेन्द्रले ५३ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १३ सय ४४ रन बनाउनुको साथै २५ विकेट लिएका छन् । दीपेन्द्र मध्यक्रम र फिनिसर कुनैपनि भूमिकामा ब्याटिङ गर्न सक्छन् । अफ स्पिन त्यतिनै राम्रो गर्दछन् । फिल्डिङबाट पनि खेललाई मोड्न सक्ने क्षमता राख्छन् । दीपेन्द्र म्याच विनर अलराउन्डर हुँदा अक्सनमा विक्ने सम्भावना धेरैछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.