4 years ago
August 15, 2021
मनसुधन थापामगर, बेलायत
मोना भलिबल क्लब युकेले बेलायतमै सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारसहित अगस्ट २८ तारिखका दिन प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको हो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब अल्डरसटमा हुनेछ । प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल प्रतियोगितामा प्रतिस्पर्धा हुने मोना युकेका अध्यक्ष दल जुग्जालीले जानकारी दिए ।
पुरुषतर्फ प्रथम पुरस्कार १५०० पाउण्डर दोस्रो पुरस्कार ८५० पाउण्ड तथा महिलातर्फ प्रथम पुरस्कार ६०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड रहेको छ । त्यसैगरी ४० बर्ष भन्दा माथि उमेर समूहको प्रौढ भलबिल प्रतियोगिताको प्रथम पुरस्कार ८०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड राखिएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
पुरुष तर्फ १६ टिम, महिला तर्फ ७ टिम र प्रौढ तर्फ ९ टिम गरि जम्मा ३२ टिमको सहभागिता हुने बुझिएको रहेको छ । प्रायः जसो टिमले आफ्नो टिम दर्ता गराइसकेको र इच्छुक क्लबले अझै नाम टिपाउन सक्ने सचिव तारा गर्बुजाबाट जानकारी प्राप्त भएको छ ।
बेलायतमा नेपाली समाजमाझ निकै सफल रहेको मोना भलिबल क्लबले आगामी दिनहरुमा अझै राम्रो गर्न सक्ने क्षमता खेलाडीमा रहेको क्लबका प्रशिक्षक टेक बुढाथोकीको भनाइ छ ।
यसप्रकारका प्रतियोगिताहरुले बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आत्मियता बढाउने र म्याग्दीको संस्कार र संस्कृतिको संरक्षण गर्नेमा सहयोग पुर्याउने विश्वास नवनिर्वाचित एनआरएन युवा संयोजक तथा मोना भलिबल क्लब युकेका अध्यक्ष अनिल मल्लले राखे । उनले भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम पहिचान गराउने र प्रतिभा भएका खेलाडीहरुको कला, सिपको प्रर्दशन साथै एकता बलियो बनाउने जस्ता कुरामा सहयोग पुर्याउने बताउनुभयो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्। एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्। सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको […]