6 years ago
August 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका विजय थापा र बलीराम चौधरीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शनिवार भएको फाइनल खेलमा आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरको जोडीलाई २२–२० र २१–१७ ले पराजित गर्दै बिजय र बलिरामको जोडी च्याम्पियन बन्न सफल भएका हुन् ।
सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा बागलुङका प्रकाश बिसि र तिलक कुवारले बाँजी मारे । प्रतियोगिताको विजेता जोडीले १ लाख, उपविजेता जोडिले ५० हजार, तेश्रो र चौथो हुने जोडिले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
उपाधि विजेता एपीएफका बिजय थापाले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । उपबिजेता टिमका सोभित रानामगरले उत्कृष्ट डिफेन्स बने । तीन दिने प्रतियोगिताका बिजेता जोडिलाई मुख्य प्रायोजक सेब स्कुलका संस्थापक प्रिन्सिपल युवराज थापा, संस्थापक निर्देशक मधुमाया थापा, आयोजक ढोरपाटन भलिबल क्लबका उपाध्यक्ष किरण घायललगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको थियो ।
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]