6 years ago
June 9, 2019
काभ्रे (हाम्रो खेलकुद)– खानीखोला गाँउपालिका ए ले बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कमा आइतबार भएको फाइनलमा नमुना प्रगति युवा क्लबलाई ३–२ ले हराउँदै खानीखोलाले उपाधि जितेको हो ।
खानी खोलाले २५–२३, १६–२५, २५–१९, २२–२५, १५–१२ को जित दर्ता गर्दै उपाधिसहित ४० हजार, नमुनाले २५ हजार तथा सेमिफाइनलमा पराजित दुई टोलीले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
आजै भएको सेमिफाइनलमा महाभारत गाँउ पालिकालाई ३–० को सोझो सेटमा हराउँदै खानी खोला उपाधि नजिक पुगेको थियो । खानीखोलाले २५–१८,२५–२१,२५–२१ मा सेमिफाइनल जितेको थियो । नमुनाले भने अघिल्लो दिन महाकांल गाँउ पालिका लागि ३–२ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । नमुना २६–२४,२३–२५,२६–२८,२५–२१,१५–१२ ले सेमिफाइनल आफ्नो पक्षमा पारेको थियो । खानीखोलाका सुमन थोकर प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विजेता, उपविजेता टोलीका खेलाडीलाई बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिालगायतले पुरस्कृत गरे । बेथानचोक खेलकुद विकास समितिको आयोजना तथा सेन्चुरी बैंकले प्रायोजना गरेको प्रतियोगितामा काभ्रे र ललितपुरका गरि १८ टोलीको सहभागिता थियो ।
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]