6 years ago
June 8, 2019
लमजुङ (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमी काठमाडौंले दोस्रो संस्करणको दिदी बहिनी कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
लमजुङ मध्यनेपाल नगरपालिका ६ स्थित भोर्लेटारमा शनिबार भएको फाइनलमा काठामाडौंको न्यु डायमन्डले पोखराको टप्स मावि पोखरा कास्कीलाई ३–० को सोझो सेटमा पराजित गदै उपाधि जितेको हो । डायमन्डले टप्समाथि २५–१७, २५–१५ र २६–२४ को जित हात पारेको हो । डायमन्ड प्रतिभा माली, पनामिका राई र वालमिका आचार्यसहित लमजुङ पुगेको थियो ।
उपाधिसँगै डायमन्डले ५० हजार रुपैयासहति शिल्ड, मेडलर प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो भएको टप्सले ३० हजार रुपैया हात पा¥यो । प्रतियोगितामा एपीएफकी पुजा चौधरी, कविता भट्ट र शशी चौधरीसँगै पुलिसकी ओपन स्पाइकर उषा भण्डारीलगायतले खेलेका थिए ।
डायमन्डकी प्रतिभा माली प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले २ हजार रुपैयाँ पाइन् । टप्सकी ममता डगौरा बेस्ट स्पाइकर, टप्सकै ऋषिसरा थापा बेस्ट सेटर, डायमन्डकी एन्जिला प्रधान बेस्ट डिफेन्डर र आयोजककी रस्मिता दुरा बेस्ट सर्भर घोषित भइन् । सबैले समान १–१ हजार रुपैया पाए ।
भोर्लेटार दिदीबहिनी क्लबको आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आयोजक भोर्लेटार दिदीबहिनी क्लब, न्यु डायमन्ड काठमाडौं, टप्स पोखरा, दमौली भलिबल क्लब, पुर्वपश्चिम लमजुङ करापुटार गेस्ट हाउस काठमाडौं सँगै बेशीशहर महिला भलिबल टिमले प्रतिस्पर्धा गरेका थिए ।
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]