6 years ago
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार एकडेमी बुढानिलकण्ठ प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पयन बनेको छ ।
बुधबार भएको फाइनलमा थ्री स्टारले न्युटन हाइ स्कुल बालुवाटारलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा थ्री स्टारले न्युटनमाथि २५–२२, २५–१७, २२–२५ र २५–१९ ले विजयी हुन सफल भयो । स्पाइरल ग्यालेक्सी स्कुल पोखराले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो । स्पाइरलले २५–१८ २५–२१, २२–२५ र २५–१९ को जित निकाल्यो ।
च्याम्पियन बनेसँगै थ्री स्टारले १ लाख रुपैया हात पार्यो । दोस्रो भएको न्युटनले ५० हजार रुपैयामा चिक्त बुझायो । तेस्रो भएको ग्यालेक्सीले २५ हजार तथा चौथो भएको सेवले १५ हजार रुपैया पायो ।
च्याम्पियन थ्री स्टारका बिशाल गुरुङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले एक थान टिभीएस मोटरसाइकल हात पारे ।
व्यक्तिगत विधातर्फ स्प्रिङडेलका दुर्गा सुनार बेस्ट स्पाइकर, न्युटनका सुजन विके सेटर, स्पाइरलका अशोक सुनार सर्भर, थ्री स्टारका किरण चौधरी ब्लकर, न्युटनका डोल बहादुर थापामगर डिफेन्स र थ्री स्टारका राजन दर्लामी मगर उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार रुपैया पाए ।
विजयी खेलाडीहरुलाई सभासद ठाकुर गैरे, एन्जल्र्स स्पोर्टस् एकेडेमीका अध्यक्ष खिम राना, एन्जल्र्स हार्ट कलेजका प्रिन्सिपल लगायतले पुरस्कार वितरण गरे । एन्जल्र्स स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएसन सेन्टरको आयोजनामा १५ जेठबाट शुरु भएको प्रतियोगितामा देशभरका विभिन्न ५३ विद्यालयले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको थियो ।
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]