6 years ago
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र परोपकार आदर्श माध्यमिक विद्यालयको ‘बी’ टोली दोस्रो चन्द्रागिरी उपमेयर कप अन्तर विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
होङग्वान्जी न्यु डायमन्ड समूह ‘ए’ को विजेता परोपकार उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । न्यु डायमन्डले पहिलो खेलमा परोपकारलाई २५–९ र २५–२ को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा अनलज्योति माध्यमक विद्यालयबाट वाकओभर पाएपछि डायमन्ड समूह विजेता बनेको हो । अनल ज्योतिले पहिलो खेलमा डायमन्डलाई वाक ओभर दिएपछि परोपकारले पनि वाकओभर पाउने भएपछि अन्तिम आठमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ बाट विजेश्वरी ज्ञान मन्दिर समूह विजेता तथा ज्ञान सुधा एकेडेमी समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । विजेश्वरीले ज्ञान सुधालाई २५–१७ र २८–२६ ले हरायो ।
पारामाउन्टले होङग्वान्जी न्यु डायमन्ड एकेडेमीको ‘बी’ टिमलाई २५–१घ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा बिहीबार क्वाटरफाइनलसहित समूह चरणका ४ खेलहरु हुनेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल नेपालको राष्ट्रिय खेल भएको दिनलाई विशेष बनाउने उद्देश्यले गत वर्षदेखि खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । पहिलो संस्करणमा न्यु डायमन्ड एकेडेमी च्याम्पियन बनेको थियो । लिग र क्वाटरफाइनलका खेलहरु वेष्ट अफ थ्री का आधारमा तथा सेमिफाइनल र फाइनल वेष्ट अफ फाइभको आधारमा हुनेछ ।
प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया र ट्रफीको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको अनुमानित लागत २ लाख ५५ हजार रहेको छ ।
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]