default_image

6 years ago

January 5, 2019

आर्मी र गन्डकी प्रदेश सेमिफाइनलमा

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश इटहरिमा जारी दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा उपाधिको दावेदार आर्मीले क्वाटरफाइनलमा प्रदेश नम्वर ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीले प्रदेश ५ माथि २५–२२, २५–१९ र २५–२१ को सहज जित निकाल्यो ।

शनिबारै भएको अर्काे क्वाटरफाइनलमा गन्डकी प्रदेश, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले पनि आ–आफ्नो प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।  अब सेमिफाइनलमा दुई भिागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा गन्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा गर्नेछ । सेमिफाइन खेल आइतबार हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख, रुपैया र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ ।

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.