default_image

6 years ago

January 3, 2019

पोखरामा सामुदायिक माविस्तरीय भलिबल प्रतियोगिता हुने

86 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सामुदायिक माविस्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकद्वयले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ८ देखि १२ गतेसम्म हुने जानकारी गराएको हो ।

पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता रहने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले बताए । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुने प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ५०–५० टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।

प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको विजेताले समान ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सबै टिमलाई तयारीका लागि ५-५ हजार प्रदान गरिने छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएकोे सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्र पौडेलले जानकारी दिए ।

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.