7 years ago
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय खुल्ला छात्रा भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नैकापस्थित न्यु डायमण्ड एकेडेमीको कोर्टमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पारामाउन्ट स्कुलमाथि ३–२ को सेटमा जत निकाल्दै च्याम्पियन बनेको हो ।
डायमण्ड पहिलो सेटमा २०–२५ ले पछि परेको थियो । तर, त्यसपछिको बाँकी दुई सेट लगातार आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधिको बाटोमा पुगेको थियो । डायमण्डले २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा पनि डायमण्डले अग्रता बनाएर पनि २८–२६ ले पछि परेको थियो । निर्णायक सेट डायमण्डले १५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
उपाधिसँगै डायमण्डले ४५ हजार रुपैया प्राप्त गर्न सफल भयो । उपविजेता बनेको पारामाउन्टले २५ हजार रुपैया प्राप्त गर्यो । तेस्रो भएको विजेश्वरी ज्ञान मन्दिरले १५ हजार र चौथो भएको थ्री स्टार एकेडेमीले १० हजार रुपैया प्राप्त गर्न सफल भयो । न्यु डायमण्डकी वालमिका आचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १ हजार ५ सय रुपैया प्राप्त गरिन् । डायमण्डकी अनिशा सुनुवार उत्कृष्ट सेटर र रस्मिता दुरा उत्कृष्ट सर्भर घोषित भए । पारामाउन्टका सृष्टि खड्गी उत्कृष्ट स्पाइकर र सम्पदा श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भईन् । न्यु डायमण्डका प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १ हजार रुपैया पाए । पारामाउन्टकी सृष्टि खड्गीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले प्रोत्साहन स्वरुप थप २ हजार प्रदान गरेकी थिईन् ।
विजयी टिम तथा खेलाडीहरुलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुरस्कृत गरिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको चन्द्रागिरी नगर कमिटिको आयोजनामा भएको प्रतियोगिता बैशाख ५ गतेबाट शुरु भएको थियो । १० टिम सहभागी प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको थियो ।
यसैबीच नेपाल भलिबल संघले भलिबल नेपालको राष्ट्रिय खेल भएको एक वर्ष पुरा भएको अवसरमा भलिबल दिवस मनाएको छ । न्यु डायमण्ड एकेडेमीको प्राङ्गणबाट संघका अध्यक्ष मनोरन्जन रमण शर्माले बेलुन उडाएर भलिबल नेपालको राष्ट्रिय खेल भएको खुशीयाली मनाएका थिए ।
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]