7 years ago
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) खुल्ला महिला भलिबल प्रतियोगितामा साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।
सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सोमबार भएको खेलमा शिवम् न्यु डाइमण्ड एकेडेमीले विभागी त्रिभुवन आर्मी क्लवलाई २५–१७, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । सोमबारै भएको अर्काे खेलमा नेपाल एपीएफ क्लवले अर्काे विभागीय टोली नेपाल पुलिस क्लवलाई २५–२१, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्न सफल भयो ।
लिगकम नकआउटको आधारमा संचालन भइरहेको प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवको महिला भलिबल टिमसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शिवम् न्यु डाइमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन स्पोर्ट्स क्लव गरी कूल ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार तथा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा स्कुटर पाउने छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]