default_image

7 years ago

March 6, 2018

न्यु डायमण्ड र एपीएफ अन्तिम चारमा

171 views

0 Bookmark

कुश्मा (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् ।

मंगलवार पर्वतको कुस्मामा भएको लिग खेलमा दुवै टिमले दोहोरो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् । बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीमाथी ३–० को सहज जित निकाल्यो । दोश्रो खेलमा पनि शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा हरायो ।

उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई २५–१७,२५–१४ र २५–१७ को सेटमा हराउँदा दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–११, २५–६ र २५–१४ को सोझो सेटमा हरायो । समूह ‘ए’ बाट शिवम् न्यु डायमण्ड विजेताको हैसियतले सेमिफाईनलमा प्रवेश गरेको हो । बुधवार हुने आर्मी र पश्चिमाञ्चल बीचको विजेता भने उपविजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्नेछ ।

त्यस्तै दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवका अवसरमा संचालन भएको प्रतियोगितामा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो । एपीएफले पुलिसमाथि २५–१७, २७–२९, २५–२१ र २५–११ को सेटमा रोक्यो । दोश्रो खेलमा एपीएफले र आयोजक दिदि बहिनीलाई २५–२, २५–४ र २५–१२ को सोझो सेटमा हरायो ।

समूह ‘बी’ बाट एपीएफ विजेताको हैसियतमा सेमिफाईनल प्रवेश गर्दा उपविजेताको रुपमा नेपाल पुलिस र आयोजक दिदीबहिनी बीचको विजेताले प्रवेश पाउने छ ।

सावित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । लिगकम नकाउटका आधारमा फाल्गुन २२ देखि २४ सम्म संचालन हुने प्रतियोगितामा साविक विजेता शिवम् न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र आयोजक दिदि बहिनीको स्थाीनय टिमले सहभागिता जनाउने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष कल्पना चापागाईले जानकारी गराईन् ।

सावित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रायोजनमा पर्बतको कुस्मा बजारमा संचालन हुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, क्विकर र सर्भरले जनही ५ हजार नगद प्राप्त गर्नेछन् ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 20, 2025

नेपालले अर्को वर्ष २ वटा काभा भलिबल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।  काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

Success

Thank you for your time.