7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
आयोजक नेपाली सेनाले बिहिबार राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । प्रतियोगिता फागुन ६ गतेबाट १२ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्य पश्चिमाञ्चल विकास क्षेत्र, सुदूर पश्चिमाञ्चल विकास क्षेत्र र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब रहेका छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, मध्यमाञ्चल विकास क्षेत्र, पूर्वाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मध्यपश्चिमबीच खेल हुनेछ । दोस्रो खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।
जनसम्पर्क शाखाका प्रमुख महासेनानी विजय थापाले निकट भविष्यमै महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितालाई नेपाल भलिबल संघले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ । प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन बापत १५ लाख सहयोग गरेको छ । प्रतियोगिता सञ्चलन गर्न करिव १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
यसअघिको दुवै संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नै च्याम्पियन बनेको थियो ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]