default_image

7 years ago

November 4, 2017

शिवम् न्यू डायमण्ड र एभरेष्टल फाइनलमा प्रवेश

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र रुपन्देहीको एभरेष्ट स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् सेन्टरको खेल मैदानमा शनिबार भएको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा नैकापको शिवम् न्यू डायमण्ड एकेडेमीले काठमाडौंको प्यारामाउण्ट स्कुलमाथि ३–० को सहज जित निकाल्यो । शिवम् न्यु डायमण्डकी कृपा अधिकारी ‘वुमन अफ द म्याच’ भएको खेलमा प्यारामाउण्टलाई २५–७, २५–१७ र २५–६ को सोझो सेटमा हराउँदै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो ।

महिलाकै दोस्रो सेमिफाइनलमा बुटवलको एभरेष्ट बोर्डिङ स्कुलले पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा हराउँदै शिवम् न्यू डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो । पुनम चन्द ‘वुमन अफ द म्याच’ भएको यस खेलमा एभरेष्टले टप्सलाई २५–१३, २५–१९ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो ।

शुक्रबार क्वाटरफाइनलमा टप्सलाई हराउँदै सेमिफाइनल पुगेको ढोरपाटन स्पोर्टस् क्लबमाथि टप्स माविले लगाएको प्रोटेस्ट सफल भएपछि टप्सले सेमिफाइनल खेल्ने अवसर पाएको थियो ।

यस्तै पुरुषतर्फको उपाधिको लागि काठमाडौंको न्युटन हाइ स्कुल र सेक्रेट हार्टले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको पहिलो सेमिफाइनलमा बालुवाटरको न्युटन हाईस्कुलले कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीमाथि ३–० को सहज जित निकाल्यो । लिटिल बुद्धलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा हराउँदै न्युटनले फाइनलको यात्रा तय गरेको हो ।

पुरुषतर्फको दोस्रो सेमिफाइनलमा बालाजुको सेक्रेटहार्ट एकेडेमीले नुवाकोटको बुङताङ भलिबल संघलाई ४–१ को सेटमा हरायो । सेक्रेटहार्टले बुुङताङलाई २३–२५, २५–२२,२५–१८ र २५–२१ को सेटमा हराउँदै न्युटनसँग उपाधि भिडन्त पक्का गरेको हो ।

निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजन र नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलीले नगद १ लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ६० हजार, तेस्रो हुने टोलीलेले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड पनि हात पार्नेछन् । प्रतियोगिता कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 20, 2025

नेपालले अर्को वर्ष २ वटा काभा भलिबल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।  काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]

Success

Thank you for your time.