default_image

7 years ago

November 2, 2017

अस्ट्रेलियामा पोखरा भलिबल क्लब च्याम्पियन

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा नेपाली समुदायबीच भएको एनइभिएस भलिबल प्रतियोगिताको उपाधि पोखरा भलिबल क्लबले जितेको छ । ढोरपाटन क्लबलाई २५–१७,२५–२१ र २५–१८ को सोझो सेटमा हराउँदै पोखरा विजयी भएको थियो ।

आयोजक गल्कोट समाज अस्ट्रेलियाका खेलकुद सचिव जंग कुँवरका अनुसार सिड्नीको मारिकभिलीस्थित पिसिएसी क्लबमा बुधबार भएको प्रतियोगिताको सेमिफाइनलमा ढोरपाटनले आयोजक गल्कोट समाजलाई २५–१८ र २६–२४ तथा पोखराले नेपाली अस्ट्रेलिया युथ एसोसिएसनलाई २८–१८ र २५–१४ को सोझो सेटमा हराएको थियो ।

झन्डै चार सय नेपाली दर्शकको उपस्थितिमा भएको प्रतियोगितामा पोखराका सन्दीप गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै पोखराका दीपक मगर उत्कृष्ट लिफ्टर, ढोरपाटनका विवेक खुम्बु श्रेष्ठ उत्कृष्ट स्पाइकर चुनिए ।

न्यू साउथ वेल्सका महावाणिज्य दुत दीपक खड्का, गल्कोट समाजका अध्यक्ष नीरजन भण्डारी, एइभिएसका व्यवस्थापक लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । सचिव कुँवरले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरे । गल्कोट समाज तीन वर्षअघि गठन भएको थियो ।

March 31, 2025

पोखरामा लाइन्स कप भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- लाइन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एम को आयोजनामा अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा २०८२ वैशाख १८ देखि २२ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। आयोजकका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले २ विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी दिए । नेपालका‌ ३ विभागिय टोली […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.