7 years ago
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच हुने भएको छ ।
शनिबार भएको टेक्निकल मिटिङमा रेफ्री संयोजक कुलबहादुर रानाले पुरुषतर्फको सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच उद्घाटन खेल हुने जानकारी गराएको हो । कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ विद्यायलको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा जम्मा ५८ खेल हुने रेफ्री संयोजक कुलबहादुर रानाले जानकारी दिए । उनले लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको लिग चरणका खेल बेस्ट अफ थ्री र नकआउट चरणका खेल बेस्ट अफ फाइभमा हुने जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित एवं सभ्य र भब्य रुपमा सञ्चालन गर्न निरोज मास्केको संयोजकत्वमा जुरी समिति, विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीको संयोजकत्वमा उत्कृष्ट खेलाडी छनोट समिति गठन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २४ महिला र २४ पुरुष खेलाडी छनोट गरी यू–१८ को राष्ट्रिय टिम तयार पार्ने भएको छ । यू–१८ को राष्ट्रिय टोलीले चैतमा माल्दिभ्समा हुने प्रतियोगितामा सहभागी गराइने कमिसनका अध्यक्ष रामबहादुर केसीले जानकारी दिए ।
प्रतियोगिताको महिला तथा पुरुष विजेता टोलीले एकएक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् । आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता र उपविजेताको हैसियतमा हेल्प नेपाल र गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमा आयोजना […]
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेल पूर्वाधार निर्माण कार्यमा संलग्न काया स्पोर्ट्सले आफ्नो कायापलट कार्यक्रममार्फत नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई सहयोग गर्ने भएको छ । आइतबार काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता आयोजनाका लागि काया स्पोर्ट्सले गरेको पत्रकार सम्मेलनमा न्यू डायमन्डलाई सहयोग गर्ने जानकारी दिइएको हो । नेपाली फुटबलको विकास […]