7 years ago
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर ६२ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको छ ।
महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको खेल मैदानमा बिहिबार भएको फाइनलमा ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाको टिमलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विराटनगर पहिलो भएको हो । विराटनगरले हेटौडामाथि २९–३१, २५–२१, २५–१५ र २५–१६ को जित निकाल्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–३१ ले गुमाएको विराटनगरले त्यसपछिको तीनै सेट विराटनगरले सहजै आफ्नो पक्षमा पार्यो ।
विजयी बनेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले ५० हजार नगदसहित शिल्ड प्राप्त ग¥यो । दोस्रो भएको ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाले ३५ हजारसहित शिल्ड प्राप्त गार्यो । विजेता टिमलाई संगठन प्रमुख तथा आइजीपी प्रकाश अर्यालले पुरस्कृत गरे । दोस्रो भएको टिमलाई नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव देवेन्द्र सुवेदीले पुरस्कृत गरे ।
विराटनगरका गोविन्दा पराजुली प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार ५ सय रुपैया प्राप्त गरे । यस्तै हैटौडाका विनोद शाह वेष्ट स्पाइकर, नैनाराम आलेमगर वेष्ट ब्लकर, राजिन रासकोटी बेष्ट सर्भर घोषित हुदा विराटनगरका भीम मगर वेष्ट डिफेन्डर र विपिन पोखरेल वेष्ट लिफ्टर घोषित भए । उनीहरुले समान २ हजार ५ सय रुपैया प्राप्त गरे ।
सोही अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले भलिबलमा नेपाल पुलिस क्लबलले अतुलनीय योगदान गरेको भन्दै १० भलिबल हस्तान्तरण गरे । महासचिव चन्दले १० थान भलिबल भलिबलका पूर्व राष्ट्रिय खेलाडी भरत शाहलाई हस्तान्तरण गरे ।
लिगकम नक आउटका आधारमा असोज २२ गतेबाट शुरु भएको प्रतियोगितामा सात प्रदेशका सात प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग रानीपोखरीको सहभागिता रहेको थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लाइन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एम को आयोजनामा अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा २०८२ वैशाख १८ देखि २२ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। आयोजकका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले २ विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी दिए । नेपालका ३ विभागिय टोली […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]