7 years ago
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद) -माल्दिभ्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी बुधवार सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई पुरस्कृत गरे । खेलाडी, प्रशिक्षक र ब्यावस्थापक गरि १५ जनाले जनहि एक–एक लाखले नगद प्राप्त गरे ।
माल्दिभ्समा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो ।
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]