8 years ago
April 11, 2017
काठमाडौंँ (हाम्रो खेलकुद) मंगलबारबाट राजधानीमा शुरु भएको ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगितामा नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले सफलता हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले नेपाल एपिएफलाई ३–२ कठिन सेटमा पराजित गर्यो । महिलातर्फ पुलिसले पहिलो सेट २५–२१ को जिते पनि दोस्रो सेट जित्नका लागि कोर्टमा निकै सघर्ष गर्नु प¥यो । दोस्रो सेटमा उत्कृष्ट प्रर्दशन गर्दै पाँच पटकसम्म जित नजिक पुगेर पनि पुलिसलाई ३४–३२ को सेटमा नतिजा सुम्पियो । तेस्रो सेटमा निरिह देखिएको आर्मीले पुलिसलाई २५–१७ ले नतिजा सुम्पियो ।
त्यसैगरी पुरुषतर्फकोे खेलमा पुलिसले नेपाल एपिएफ क्लबमाथि ३–२ कोे रोमाञ्चक जित निकाल्दै २ अंक बटुल्यो । उत्कृष्ट प्रदर्शन गरेर हार बेहोरे पनि एपीए १ अंक खोस्न सफल भयो । पुलिसले एपीएफमाथि २५–१७,२५–१६, २३–२५, २१–२५ र १६–१४ को रोमाञ्चक जित निकाल्यो । पुरुषकै अन्य खेलमा नेपाल आर्मीले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–११, २५–१० र २५–१७ को सोझो सेटमा हरायो । यस्तै हेल्प नेपालले ढोरपाटनमाथि २५–१२, २५–१८ र २५–१८ को सोझो सेटमा जित निकाल्यो ।
मंगलबबार भएको महिलातर्फ एपीएफले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–७, २५–७ र २५–४ ले हरायो । प्रतियोगिता अन्र्तगत बुधबार पुरुषतर्फ पाँच र महिलातर्फ तीन खेल अुदैछ ।
उद्घाटनका अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टिमका उपकप्तान एवम् प्रभावशाली खेलाडी हाल मकाउ बसोबास गर्दै आएका दिपक थापाले लिगको लागि ५० हजार नगद प्रायोजन गरे । थापाले नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई नगद प्रायोजन रकम हस्तान्तरण गरे ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ ।
लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]