8 years ago
February 14, 2017
ताप्लेजुङ (हाम्रो खेलकुद) – बिभागिय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिजयी शुरुवात गरेका छन् ।
ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ को सोटमा स्तब्ध बनायो । राउण्ड रबिनका आधारमा संचालन भएको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को सेटमा पराजित गर्यो । आर्मी हावी रहेको खेलमा मध्याञ्चल २५–१०,२५–१७ र २५–१० को सेटमा पछि परेको थियो ।
सर्वाधिक पुुरस्कार रासीको भलिबल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उद्घाटन गरेका थिए । फाल्गुन ७ गने सम्म चल्ने प्रतियोगिताका बिजेता टिमले ३ लाख ३० हजार,उपबिजेताले १ लाख ६५ हजार र तेश्रो र चौथो हुने टिमले समान ३५ हजार नगद प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा राखेप सदस्य उपेन्द्र पौडेल, आयोजक ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवास चाम्लिङलगायतको उपास्थिति रहेको थियो । पाच टिम सहभागिता रहेको प्रतियोतिामा पाँचौ टिमको रुपमा एपीएफ क्लब रहेको छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]