default_image

2 hours ago

October 12, 2024

काभा यु २० भलिबल – नेपाली टोली दोस्रो

1997 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो ।

पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो।

उपाधिका लागि नेपाल र उज्जेकिस्तानबीच खेल हुँदैछ ।
नेपालले लिग चरणमा उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको थियो।

नेपालले लिगमा श्रीलंका, माल्दिभ्स र तुर्किमेनिस्तानलाई हराएको थियो। यु २० को पहिलो सहभागितामा नै नेपालले दोस्रो स्थान प्राप्त गरेको छ। लिग चरणमा उज्वेकिस्तान शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए।

केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट यु २० का लागि छनोट गरिएको थियो ।

सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

नेपाली यु २० भलिबल टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

October 9, 2024

विष्टले विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]

October 8, 2024

राष्ट्रिय ब्लिट्ज तथा र्यापिड बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कात्तिक ५ देखि ७ गते सम्म हुने राष्ट्रिय ब्लिट्ज उपाधि विजेताले २० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १४ , तेस्रोले ९, […]

Success

Thank you for your time.