default_image

4 months ago

October 12, 2024

काभा यु २० भलिबल – नेपाल र उज्वेकिस्तान उपाधिका लागि भिड्दै

2843 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा यु २० भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र उज्जेकिस्तानबीच खेल हुँदैछ । फाइनल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

लिग चरण पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेल्न लागेका हुन् । लिगचरणमा नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो । पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । बिहीवार भएको खेलमा नेपालमाथि किर्गिस्तानले ३-२ को सेटमा जित हात पारेको थियो । शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।

सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।

February 20, 2025

भलिबल खेलाडी रेश्मा वैवाहिक बन्धनमा

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]

February 6, 2025

सरस्वती भन्छिन् – ‘राष्ट्रिय टोलीमा कल हुँदा आउनेछु’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्।  एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी‌ थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्। सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको […]

February 2, 2025

पहल र अम्फा टाइगर कपका सर्वाेत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका पहल गहतराज र आयोजक टाइगर ग्रुप अफ पोखराकीअम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे […]

Success

Thank you for your time.