1 month ago
October 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो हार बेहारेको छ ।
नेपालले प्रतियोगिताको आफ्नो चौथो खेलमा दोस्रो हारको सामना गरेको छ । श्रीलंकाको कोलम्बो जारी प्रतियोगिता बिहीवार भएको खेलमा नेपालमाथि किर्गिस्तानले ३-२ को सेटमा जित हात पार्यो ।
नेपालले पहिलो र दोस्रो सेट गुमाएकोमा त्यसपछिका दुई सेटमा जित हात पारेर खेलमा २-२ कि बराबरी गर्यो। खेलमा फर्कने कोसिस गरे पनि नेपाल पाँचौ सेटमा हार बेहोर्न पुग्यो । नेपालले पहिलो सेट २३-२५ ले र दोस्रो सेट २१-२५ ले गुमाएको थियो । तर, नेपालले तेस्रो सेट २५-२१ ले र चौथो सेट २५-२२ ले जित्दै खेल पाँचौ सेटमा पुर्यायो । निर्णायक पाँचौ सेटमा १९-१७ को हारका साथ नेपालले खेल गुमायो ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित नेपालले तेस्रो खेलमा माल्दिभ्सएाई ३-० को सेटमा पराजित गरेको थियो ।
असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सह प्रयोजन गरेको छ। एभरेष्ट हर्ब्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिसु विक्की गोयन्काले नेपालको राष्ट्रिय खेल भलिबलको वृद्धि र विकासमा निकै महत्वपूर्ण योगदान दिँदै आइरहेको यस हेल्प नेपालसँग आबद्ध हुन […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]