6 months ago
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ।
प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले दोस्रो जित हात पारेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा मंगलवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो ।
नेपालले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले जित निकाल्दै खेल जित्यो ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।
असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । दुवैले अवार्डसँगै समान ५० हजार रुपैयाँ प्राप्त गरे। नेपाल भलिबल संघले शुक्रवार आयोजित गरेको पाँचौं एनभिए अवार्डमा उनीहरु अवार्ड प्रदान गरिएको हो । उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]