2 months ago
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।
श्रीलंकाको कोलम्बो जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली समय अनुसार मंगलवार नेपालले माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ मा हुदैछ । माल्दिभ्सलाई पराजित गरि नेपाल दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसॅंग ३-१ को सेटमा पराजित भएको हो ।
नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असोज २६ मा हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सह प्रयोजन गरेको छ। एभरेष्ट हर्ब्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिसु विक्की गोयन्काले नेपालको राष्ट्रिय खेल भलिबलको वृद्धि र विकासमा निकै महत्वपूर्ण योगदान दिँदै आइरहेको यस हेल्प नेपालसँग आबद्ध हुन […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]