11 months ago
April 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नेपालको नयाँ बर्षको उपलक्ष्यमा आइतबार सम्पन्न सातौं महिला तथा आठौं खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
पुरुषतर्फ आयोजक पर्वत क्लब तथा महिलातर्फ पून क्लबले उपाधि जिते । चुन मुन बटरफ्लाई बीच स्थित भलिबल खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आयोजक पर्वतले फाइनलमा मकाउ भलिबल टिम रातोलाई सोझो सेटमा पराजित गरेको थियो ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द र पूर्व राष्ट्रिय खेलाडी संजय अर्याल सम्मिलित पर्वतले त्यसअघि सेमिफाइनलमा मनाङ भलिबल टिम निलोलाई २-१ ले पराजित गरेको थियो । संजय उत्कृष्ट स्पाइकर घोषित हुँदा रविन सर्वोत्कृष्ट खेलाडी घोषित भए । रविन यसै प्रतियोगिताको लागि हङकङ पुगेका थिए ।
महिलातर्फ फाइनलमा पून क्लबले आयोजक पर्वत क्लबलाई २-१ ले पराजित गरेको थियो । आयोजक पर्वतबाट खेलेकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ उत्कृष्ट स्पाइकर हुँदा विजयी टोलीकी मान्ती आले सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्। एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्। सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको […]