default_image

8 years ago

January 14, 2017

ढोरपाटन भलिबलमा रिड मोडलको अपराजित यात्रा कायम

136 views

0 Bookmark

काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन् ।

model-copy

भारतीय राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजले आफ्नो अपराजित यात्रा कायमै राख्दा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पश्चिमाञ्चलविरुद्ध रिड मोडल कलेज २५–२०, २५–११ र २५–१९ को सेटमा विजयी भयो । लगातार पाचौं खेल जितेको रिड मोडल कलेजले १५ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पश्चिमाञ्चलले खेलेका ७ खेलमध्ये ३ मा जित र ४ मा हार बेहोर्दै १२ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको एपीएफ ७ खेलमा जित र एकमा हारसँगै २१ अंक जोड्दै लिगको शीर्ष स्थान हासिल गर्न सफल भएको छ । आफूले खेलेका ७ खेलमध्ये एक खेलमा मात्र पराजय बेहोरेर १८ अंक जोडेको न्यु डायमन्ड एकेडेमी दोस्रो स्थानमा झरेको छ ।

बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा शनिबार सम्पन्न पहिलो खेलमा एपीएफले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल आर्मीलाई ३–० को सेटमै हरायो । एपीएफले चन्डेश्वरीलाई २५–७, २५–२ र २५–२ को सेटमा हरायो भने नेपाल आर्मीलाई २५–११, २५–१५ र २५–८ को सोझो सेटमा पाखा लगायो ।

शनिबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१०, २५–२ र २५–२० को सेटमा पराजित ग¥यो । नेपाल पुलिस ८ खेलबाट १८ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत रहेको छ ।

त्यसैगरी ७ खेल खेलेको नेपाल आर्मीले ३ जितसँगै ९ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ६ खेलबाट ८ अंक छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस्क्ल वको ८ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ८ खेलबाट एक अंक जोडेको छ ।

March 20, 2025

नेपालले अर्को वर्ष २ वटा काभा भलिबल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।  काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.