default_image

2 years ago

July 25, 2023

विद्यालयलाई भलिबल वितरण

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भलिबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एवं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई भलिबल वितरण गरिएको छ ।

सोमबार भएको कार्यक्रममा संघका अध्यक्ष सुदर्शन जमकटेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला तथा आयोजक गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टका संस्थापक अध्यक्ष सुरेश केसी उपस्थित थिए ।

कलेजका अध्यक्ष केसीले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि रहेको बताए । उनले कलेज सधैं भलिबल विकासका कार्यक्रमका लागि तयार रहेको तथा सरकारी र सामुदायिक विद्यालयमा समानता हुनुपर्ने अभिव्यक्ति दिए ।

राखेप उपाध्यक्ष कोइरालाले अध्ययन अध्यापनका साथै विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति खेल अपरिहार्य रहेको बताए । संघका अध्यक्ष जमकटेलले आगामी दिनमा पनि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 20, 2025

भलिबल खेलाडी रेश्मा वैवाहिक बन्धनमा

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ क्लबकी भलिबल खेलाडी रेश्मा भण्डारी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रेश्माले बिहीवार दाङ घोराही १७ का विकास आचार्यसँग विवाह गरेकी हुन्। एक दशक भन्दा लामो समयदेखि एपिएफबाट भलिबल खेल्दै आएकी रेश्माले राष्ट्रिय भलिबल टोलीबाट पनि पदक जितेकी छिन् । काभा सेन्ट्रल जोनमा नेपाल दुई पटक च्याम्पियन बन्दाकी सदस्य रेश्मा ६ […]

February 6, 2025

सरस्वती भन्छिन् – ‘राष्ट्रिय टोलीमा कल हुँदा आउनेछु’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्।  एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी‌ थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्। सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको […]

Success

Thank you for your time.