8 years ago
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो ।
सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने क्लबका महासचिव देवेन्द्र घर्तीमगरले जानकारी दिए ।
त्यस्तै गरी उत्कुष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ । महिला भलिबल लिग सकिएपछि आयोजकले पाँचौ संस्करणको पुरुष भलिबल पनि आयोजान गर्ने बताएको छ ।
गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज गरी १० टोलिको सहभागिता रहेको प्रतियोगिता पुष २३ देखि माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा हुनेछ ।
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]