September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा यही […]
June 27, 2020
राजबहादुर सिंह (आरबी राजा), राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव, राखेप सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक […]
May 28, 2020
कप्तान कथन अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान) मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो । म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ […]
May 18, 2020
कप्तान कथन ऋषिराज आचार्य (नेपाली राष्ट्रिय भलिबलका पुर्व कप्तान ) मेरो जन्म २०११ सालमा विराटनगरमा भएको हो । अहिले ६५ वर्षको भए । १३–१४ वर्षको हुँदा देखी भलिबल खेल्न थालेको थिए । दाईहरु राधाकृष्ण स्कुलमा खेल्नुहुन्थ्यो । हामी उहाँसगै जान्थौं र दाईहरुले कहिले काहिँ खेल्न दिनुहुन्थ्यो । राम थापा दाईले हामीलाई खेल्नमा धेरै प्रोत्साहन गर्नु […]
May 9, 2020
कप्तान कथन सुष्मा थापा (राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान) मेरो जन्म तनहुँ जिल्लाको थर्पु, मिजेथुम गाउँमा भएको हो । त्यहिको श्री मीन हाई स्कुलमा पढें । भलिबल खेल्न चाहिं १२–१३ वर्षको उमेरदेखि सुरु गरेको हुँ । त्यो समयमा स्कुल स्तरिय जिल्लाव्यापी विरेन्द्र शिल्ड प्रतियोगिता हुने गर्दथ्यो । विरेन्द्र शिल्ड अनि जिल्ला स्तरिय प्रतियोगिता खेल्दै २०४३ […]
May 2, 2020
कप्तान कथन निरा राजोपाध्याय (नेपाली राष्ट्रिय महिला टोलीकी पुर्व कप्तान) मेरो घर काठमाडौंको इन्द्रचोकमा हो । दाइभाइहरु चोकमा फुटबल, टेबल टेनिस र क्रिकेट खेल्थे । म पनि दाइभाइहरु जुन जुन खेल खेल्छन् तिनीहरुसँग त्यहि खेल खेल्थे । क्रिकेट नै खेल्ने भनेर लागेको होइन । आफ्नो टाइमपास (समय विताउन) खेल्थें । सुरुमा मलाई क्रिकेट प्रतियोगिता हुन […]
May 1, 2020
कप्तान कथन ऋतु कनोजिया (राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) मेरो जन्म विसं.२०३९ सालमा बैतडीको गढीमा भएको हो । बालमन्दिरमा दाईहरु खेल्नुहुन्थ्यो । म पनि १०–१२ वर्षको हुँदा देखि नै दाईहरुसँग क्रिकेट खेल्न थालें । मलाई घरबाट क्रिकेट खेल्न कुनै कठिन भएन । भाई कराते खेल्थ्यो । बुबाले कहिले केहि भन्नु भएन । मम्मी त […]
April 30, 2020
कप्तान कथन नेरी थापा (नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) म क्रिकेट खेल्नुअघि ब्याडमिन्टन खेलाडी थिएँ । त्यसैले मलाई क्रिकेटमा लाग्न र खेल्न अन्य महिला खेलाडीको तुलनामा कुनै कठिनाइ र असहज भएन । अरु साथीहरुलाई सुरुमा केटि भएर पनि क्रिकेट खेल्ने भनेर जिस्काउथें रे भन्ने सुनेको थिएँ । मेरो घर नेपालगञ्ज स्थित शान्तिनगरमा हो […]
April 26, 2020
कप्तान कथन विनोद दास (राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट खेल्न सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन । समय बिताउने बाटोको रुपमा हेरिन्थ्यो । क्रिकेटसँगै मार्सल आर्ट्स र फुटबलमा पनि रुचि थियो । सिजन अनुसार खेल्थ्यौं । वर्षाको समयमा पानी पर्ने हुँदा फुटबल खेलिन्थ्यो । अरु बेलामा बिहान मार्सल आर्ट्स र बेलुका क्रिकेट । […]
April 25, 2020
कप्तान कथन परेश लोहनी (पूर्व कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो घर काठमाडौं हो । जन्म सन् १९८० मा । नेपालमा क्रिकेटको पाएनेर मेरो मामुको बुबा स्वर्गिय डा. कल्याणमणि दक्षित हो । उहाँको घर महाराजगञ्जमा थियो । त्यहाँ भाडामा दिएर गैरीधारामा बस्नुहुन्थ्यो । म ६,७ वर्षको थिएँ । उहाँ (हजुरबुबा) घरमै नेटमा अभ्यास गर्नुहुन्थ्यो । […]