default_image

3 years ago

July 28, 2021

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले आज १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन । उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

गौरिकाले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेकी छिन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कीर्तिमान राखेकी थिइन् । उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।

गौरिकाले आज पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन् । उनी रहेको हिटमा ४ खेलाडी मात्र रहेका छन् । समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्य खेलाडीको छनोट समय हेर्दा गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना न्यून छ ।

यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् ।

एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।

नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

September 18, 2024

एनएसए कप पौडी प्रतियोगिता यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको‌ आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

Success

Thank you for your time.