9 years ago
July 30, 2016
काठमाण्डौ
महानगरपालिका वडा नं ४ धुम्बाराही, हाडीगाउ“स्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् ।
फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा गुरुङलाई सम्मान पनि गरियो । उनलाई ११ हजार १ सय ११ रुपैया“सहित मायाको चिनो धन्यन्तरी फुटसल प्रालिका अध्यक्ष मदन कोरालाले प्रदान गरे । रियो ओलम्पिकमा सहभागि हुन आइतबार शिरीष गुरुङ ब्राजिल प्रस्थान गर्दैछन् । ‘राष्ट्रिय प्रतियोगितामा निरन्तर कीर्तिमानसहितको उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्तरीय खेलको लागि उहा“लाई सम्मान गरिएको हो,’ अध्यक्ष कोइरालाले भने, हाम्रो सम्मानले अझ राम्रो प्रदर्शन गर्न हौसला मिल्छ भन्ने विश्वास छ । ओलम्पिकमा राम्रो गर्न शुभकमना दिन चाहन्छु ।’ चार बाषर््यता नेपालको सर्बोत्कृष्ट स्वीमरको रुपमा स्थापित गुरुङले भने, ‘यस सम्मानले धेरै खुशी लागेको छ । यसले अझ राम्रो गर्ने हौसला बढाएको छ ।’ उनले थपे, ‘मैले पनि २५ मिटरको स्वीमिङ पुलबाट १३ बर्षअघि पौडन सुरु गरेको थिए । यस्ता क्लब र स्वीमिङ पुल अझै बढ्नुपर्छ ।
पौडीको विकास हुने र खेलाडी उत्पादन हुने यसैगरी हो ।’ ‘पौडी स्वास्थ्यको लागि, खेलाडि राष्ट्रको लागि’ भन्ने मूल नारासहित फुटसल र साउना स्टिमपछि धान्यन्तरीले स्वीमिङ पुल सञ्चालनमा ल्याएको हो । कुल १२ रोपनी क्षेत्रफलमा संचालित यसमा फ्रान्सको प्रख्यात कम्पनी ःबनष्ष्लिभ को अत्याधुनिक प्रविधिद्घारा निर्मित् टायलको सट्टा रबरको ीष्लभच प्रयोग गरिएको नेपालमै पहिलो स्वीमिङ पुल बनाइएको छ । रातको समयमा पनि पौडी खेल्न मिल्ने व्यवस्था गरिएकोले दुर्घटनाको संभावना न्युन हुन्छ ।
घामबाट बच्न सेमि–इन्डोरको रुपमा निर्मित यसमा इन्टरनल फिल्टर प्लान्टबाट पानीमा रहेका फोहरहरु अटोमेटिक फिल्टरको व्यवस्था गरिएको छ, जसले ध्ज्इ स्ट्याण्डर्ड अनुसार पानी सफा राख्नेछ । पुल १५ गुणा २५ रहेको छ, जसमा उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकिन्छ । बालबालिकाहरुका लागि बेग्लै ‘बेबी पुल’ बनाइएको छ ।
स्वीमिङ पुल निर्माणमा दुई करोड ५० लाख रुपैया“ लगानी भएको अध्यक्ष कोइरालाले बताए । ‘प्रमुख उद्देश्य स्वस्थ जनशक्ति तयार पार्दै फुटबल तथा पौडी खेलको विकास गर्ने हो,’ अध्यक्ष कोइरालाले भने, ‘स्वस्थ र स्वच्छ समाजको निर्माणका लागि खेलकुद एउटा शसक्त माध्यम हो । भविष्यमा इन्डोर क्रिकेट, जीम हल, एरोबिक, जुम्बा, इन्डोर ब्याडमिन्टन, बास्केटबल पनि सञ्चालनमा ल्याउने योजना छ ।’
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]