5 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् ।
सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि पारिन् । सिवांगीले ४ मिनेट २६.२२ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गरिन् ।
जारि १३ औं सागमा गौरिकाको तेस्रो स्वर्ण हो । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् । जारि सागमा यो नेपालले जितेको ४५ औं स्वर्ण पदक हो ।
यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् । समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट रहेका छन् । उनले सागमा ४ स्वर्ण जितेका छन् ।
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]