default_image

5 years ago

December 5, 2019

गौरिकालाई ऐतिहासिक स्वर्ण!

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन् । यससँगै गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

गौरिकाले आफ्नो स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । भारतकि शिवांगी शर्मा २ मिनेट ७.१९ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । बंगलादेशकी जुनायाना अहमदले २ मिनेट १२.८३ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

सागको अघिल्लो संस्करणमा रजतमा सिमित भएकी गौरिकाले पहिलो स्वर्ण हासिल गरेकी हुन् । सन् २०१६ को रियो ओलम्पिकमा उक्त संस्करणको कान्छी ओलम्पियन भएपछि चर्चाको शिखरमा पुगेकी उनले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।

गौरिकाले सागमा ८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछिन् । १३ औं सागमा यो नेपालले जितेको ३३ औं पदक पनि हो ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

September 18, 2024

एनएसए कप पौडी प्रतियोगिता यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको‌ आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]

Success

Thank you for your time.