6 years ago
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शैयद हम्जा शाहले हंगेरीका बुढापेस्टमा आयोजना भएको सातौ फिना विश्व जुनियर च्याम्पियनसमा आनन्द लेप्चाले राखेको २० बर्षअघि राखेको पुरानो राष्ट्रिय किर्तिमानलाई भंग गरेका छन् ।
हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यसअघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३को किर्तिमान राखेका थिए ।
यस्तै सोही च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी छिन् । उनले १०० मि. ब्रेष्ट स्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२ सेकेन्डको समयलाई पछि पार्दै १ मि. २३.८९ सेकेन्डमा साथ बैद्यले आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी हुन् ।
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]