default_image

5 years ago

August 17, 2019

पौडी टोली हंगेरीतर्फ

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ ।

अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् ।

महिलामा टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाउने छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठलगायतले टोलीको विदाई गरे ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

September 18, 2024

एनएसए कप पौडी प्रतियोगिता यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको‌ आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]

Success

Thank you for your time.