default_image

6 years ago

August 22, 2018

एसियाड पौडीः २०० मिटरमा गौरीकाको औसत प्रदर्शन

135 views

0 Bookmark

दीपक न्यौपाने
जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गत बुुधबार भएको २०० मिटर फ्रिस्टाईल पौडीतर्फ गौरीका सिंह हिट चरणबाट बाहिरिएकी छन् । आफ्नो फेवरेट सपर्धामा उनले २ मिनेट १२ः५३ सेकेन्डमा दुुरी पुुरा गरिन् ।

यो स्पर्धामा उनकै नाममा २ मिनेट ०९ः१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । हिट १ मा उनी सातौं स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२. ३२ सेकेन्डले पछि परिन् । गौरिका १०० मिटर फ्रिस्टाईलको पनि हिट चरणबाटै बाहिरी सकेका छन् ।

अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टाईमा प्रतिस्पर्धा गर्नेछिन् । बुुधबार विहान नै भएको अर्काे स्पर्धामा शुुभम श्रेष्ठले पुुरुष १०० मिटर बेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । हिट १मा रहेका शुुभमले १ मिनेट ११.३७ सेकेन्डमा दुुरी पार गरे । अब उनले पुुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा शुुक्रबार प्रतिस्पर्धा गर्दैछन् ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

September 18, 2024

एनएसए कप पौडी प्रतियोगिता यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको‌ आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]

Success

Thank you for your time.