7 years ago
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा सातौं संस्करणको एनएसए पौडी प्रतियोगिता हुने भएको छ ।
एनएसए कप सोमबार र मंगलबार दुई दिन हुने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा खुल्लातर्फ २६ र उमेर समूहमा ३३ गरी कुल ५९ इभेन्टमा पुरुष १ सय १२ र महिला ७२ गरी १ सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा विभिन्न ४ क्लब र ३५ विद्यालयको सहभागिता रहने छ । यो प्रतियोगितालाई सिजनको अन्तिम प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए । प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]