10 years ago
November 4, 2015
रियो ओलम्पिक – २०१६ का लागि खेलाडी छनोट गर्ने उद्धेश्यले अन्तराष्ट्रिय पौडी महासंघ (फिना) को आयोजनामा मित्र राष्ट्र संयुक्त अरव ईमिरेटको दुवईमा यहि कार्तिक २० र २१ गते हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ|
मित्र राष्ट्र रुसको कजानमा भएको १६ औं फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडीहरु शिरिष गुरुङ्ग, गौरिका सिंह र सोफिया शाहले उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् भने टोली व्यवस्थापकमा नेपाल पौडी संघका कोषाध्यक्ष श्याम सुन्दर अधिकारी रहेका छन् ।
नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने ओलम्पिकको तयारीका क्रममा थाईल्यान्डको फुकेटमा प्रशिक्षणरत शिरिष गुरुङ्ग र सोफिया शाह तथा बेलायतमा प्रशिक्षणरत उदियमान खेलाडी गौरिका सिंहबाट नयाा राष्ट्रिय किर्तिमानका साथ उत्कृष्ट नतिजा ल्याउने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
व्यवस्थापक अधिकारी आजै दोहा तर्फ प्रस्थान गर्ने छन् भने खेलाडीहरु आफु प्रशिक्षणरत देशबाटनै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बज्राचार्यले जानकारी गराए ।
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]