8 years ago
May 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन आज एक कार्यक्रम बीच सम्पन्न भएको छ। फाउन्डेसनको दर्ता प्रक्रिया पुरा भएसंगै पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको थियो।
फाउन्डेसनले हाललाई १५ व्यक्तिगत खेलकुदमा आफ्ना योजना रहेको जानकारी दियो। सुझाव संकलन तथा खेलाडी छनोटको आह्वानका लागि गतसाता विभिन्न १५ खेलका संघका अध्यक्ष तथा मुख्य प्रशिक्षकहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। छलफलमा एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
फाउन्डेसनले पहिलो पटक छनोटमा उसुकी निमा घर्ति मगरलाई चुनेको छ। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक हासिल गरेकी निमालाई आगामी साल हुने एसियाली खेलकुदको लक्ष्य लिएर फाउन्डेसनले रोजेको जानकारी दिइयो।
आउने दिनमा पनि नेपालमा संस्थागत रुपमा खेलिने ओलम्पिक खेलमध्ये १५ खेलका राष्ट्रिय संघ र मुख्य प्रशिक्षक तथा खेल विज्ञहरुले छानेका खेलाडीलाई यस्तो छात्रवृत्ति प्रदान गरिनेछ फाउन्डेसनको योजना रहेको बताइएको छ ।
छात्रवृत्तिका लागि खेलाडी चयन गर्दा सकेसम्म १० देखि १४ वर्ष उमेरकालाई प्राथमिकता दिइनेछ । असाधारण प्रतिभा भएमात्र छनोटका हकमा भने उमेर हद नलाग्ने बताइएको छ । खेलाडीमा भएको क्षमता, उसको पारिवारिक अवस्था हेरेर शारिरिक विकासको अनुमान समेत लगाएर खेलाडी छनोटको आधार तयार गरिने जनाइएको छ । छनोट गरिएका खेलाडीलाई नियमित रुपमा उच्चस्तरको प्रशिक्षण दिइनुका साथै वसोवास, यातायात, खेलसामाग्री, नियमित स्वास्थ्यउपचार र अध्ययनको प्रबन्ध फाउन्डेसनले मिलाउने जनाइएको छ ।
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]