default_image

10 years ago

September 29, 2015

पौडी टोलीको बिदाइ

172 views

0 Bookmark

काठमाडौं, असोज १२ गते ।

थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो ।
असोज १४ देखि १७ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ ।

nepal age limit swimming

एसियाली उमेरसमूह पौडीमा भाग लिने नेपाली टोलीका सदस्यहरु । तस्बिर – राखेप

पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ र ब्रेस्टस्ट्रोक तथा रोशन पुनले ५० मिटर फ्रिस्टायल र बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा स्वीकृति घिसिङले ५० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोक, टीसा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोक र ब्याकस्ट्रोक, मन्सा श्रेष्ठले ५० मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० र १०० मिटर फ्रिस्टायलमा भाग लिने छन् । सोफिया तालिमको सिलसिलामा हाल थाइल्यान्डको फुकेटमा रहेकाले उनी त्यत्तैबाट बैंककमा लाग्ने छिन् ।

टोली नेतामा रञ्जन भट्टराई, प्रशिक्षकमा रत्न महर्जन र योगेन्द्रमान श्रेष्ठ तथा व्यवस्थापकमा जेनिफर लामा रहेका छन् ।
बुधबार बैंकक प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

Success

Thank you for your time.