default_image

8 months ago

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

759 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ।

टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।

 प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निशुल्क सहभागिता गर्ने बताइएको छ ।

प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ ।

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

Success

Thank you for your time.