default_image

2 months ago

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सले सुधारे राष्ट्रिय कीर्तिमान

2789 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो कीर्तिमान बनाएका थिए ।

हिट्समा तेस्रो भएपनि एलेक्स अघिल्लो चरण प्रवेश गर्न भने सकेनन् । दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुग्ने प्रावधान छ । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेन्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेन्डमा दुरी तय गर्दै ५९औं स्थान प्राप्त गरेका थिए।

गत संस्करणभन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागीता जनाएका हुन । अब उनले तेस्रो पटक ओलम्पिक्स खेल्न छनोट नै हुनुपर्नेछ । युनिभर्सालीटी वा वाइल्ड कार्डबाट दुई पटक भन्दा बढी एकै खेलाडी सहभागीता जनाउन नपाउने नियम रहेको छ ।

तीन पटक वर्ल्ड च्याम्पियनशीप र एक पटक एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी सीधै अमेरिकाबाट ओलम्पिक भाग लिन पेरिस पुगेका थिए ।

यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन । अब नेपालबाट सन्तोषी श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालको प्रतिस्पर्धा मात्र बाँकी छ । अघि बढ्ने सम्भावना सकिएका प्रिन्सले भने समूहको चरणको अन्तिम खेल खेल्नेछन् । सन्तोषीले भने म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सलाई ५९ औं स्थान

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । […]

Success

Thank you for your time.