default_image

1 year ago

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

742 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य प्रशिक्षक इश्वर कार्की महासचिव, रन्जन भट्टराई र गंगागाल गोले, दीलिप वैद्य कोषाध्यक्ष र योगेन्द्रमान श्रेष्ठ सह कोषाध्यक्ष निर्वाचित भएका छन् ।

त्यस्तै सदस्य दीपकसागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, कुमार गिरी, विषनप्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पन्चा सिंह, अनिश महर्जन, उमेश प्रधान, रुपेशमान सिंह, हरेन्द्र यादव, विष्णु खड्का, विजेमान श्रेष्ठ, शिरिष गुरुङ चुनिएको बताइएको छ ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले देशभरका पौडीका प्रतिभाले खेल्न मौका पाउने गरि योजनावद्ध रुपमा अघि बढ्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘पौडीका प्रशिक्षक तयार पार्ने, खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था र उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने गरि काम गर्ने योजना छ । हामी छिट्टै योजन बनाएर अघि बढ्नेछौं ।’

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

Success

Thank you for your time.