default_image

10 years ago

August 4, 2015

सोफियायद्वारा राष्ट्रिय किर्तिमान

216 views

0 Bookmark

रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा सोफिया शाहले २०० मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् ।

सोफियायद्वारा राष्ट्रिय किर्तिमान

सोफियायद्वारा राष्ट्रिय किर्तिमान

उनले २०० मिटरको दूरी २ मिनट १८.९३ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहले राखेको २ मिनट १९.७२ सेकेन्डको किर्तिमानलाई भंग गरेकी हुन् । गौरीकाले उक्त किर्तिमान काठमाण्डौमा भएको २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिईन् । ६३ खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा सोफिया समग्रमा ६० औं स्थानमा आईन् ।

सोही प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोकमा किरण कार्कीले ७६ खेलाडीको सहभागिता रहेकोमा ३४.९४ सेकेन्डका साथ ६९ औं स्थानमा आएको कजानबाट ब्यवस्थापक बासुदेव निरौलाले जानकारी गराए ।

सोही प्रतियोगितामा गौरीका सिंहले आइतबार १०० मिटर ब्याकमा नयाँ राष्ट्रिय किर्तिमान राखेकी थिईन् ।

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

Success

Thank you for your time.