default_image

5 days ago

February 18, 2025

अभिलाषा र सुनिरा फाइनलमा

118 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

नेपालकी शीर्ष वरियता अभिलाषा विष्ट र सुनिरा थापा रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिंगलको उपाधिका लागि भिड्ने भएका छन् ।

अभिलाषा र सुनिराले मंगलवारको सेमिफाइनल जित्दै एकअर्काको भेट पक्का गरेका हुन्। अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–१, ६–० ले हराइन् । सुनिरासँगको खेलमा भगवती बिक रिटायर्ड हट भएकी थिइन्।

मेन्स सिंगलमा नेपालका नम्बर एक खेलाडी प्रदिप खड्का सेमिफाइनल पुगेका छन्। उनीसंगै निहालजंग थापा, निशान श्रेष्ठ र रितिक राना अन्तिम चारमा पुगे ।

प्रदिपले गोविन्द नेपालीलाई ६–४, ६–४ ले, निहालले सक्षमबिक्रम शाहलाई ६–३, ६–१ ले, निशानले आयुषमान घलेलाई प्रतिष्पर्धात्मक खेलमा ६–१, ६–७ ९–७ ले, रितिकले देव आशिष रेउलालाई ६–२, ६–२ ले हराए।

यसैगरि ३५ प्लस सिंगलमा सन्तोष खत्रीले विश्वास श्रीलाई ६–१, ६–१ ले, दीप जेब राणाले सुमन पौडेललाई ६–०, ६–१ ले, राजन पौडेलले सबर मियालाई ६–०, ६–० ले हराउँदै र सोम राना वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरे ।

यसैगरि ४५ प्लस सिंगलमा कमल भण्डारीले मनोज नेपाललाई ६–०, ६–१ ले, माधव भण्डारीले गोपाल ज्ञवालीलाई ६–०, ६–१ ले, राज गुरुङले सम्दुप के लामालाई २–६, ६–१, १०–८ ले, देव क्षेत्रीले रामु बिकलाई ६–२, ६–१ ले सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर श्रेष्ठको जोडीले अभिषेक पि र सागर थापाको जोडीलाई ६–०, ६–० ले तथा राजन पि र चोम बिएसको जोडी वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गर्यो ।

यसैगरि ४५ प्लस डबल्समा रोहित सुनुवार र हिमाल शाहको जोडीले अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–१, ६–३ ले पराजित गर्यो।

Success

Thank you for your time.