default_image

6 days ago

February 17, 2025

बुटवलमा खुला लन टेनिसको पहिलो दिन २४ खेल

129 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

बुटवलमा तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु भएको छ । पहिलो दिन २४ खेल भयो।

उद्घाटन खेलमा मेन्स सिगलतर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे।

यसैगरि आयुषमान घलेले युगेन शेर्पालाई ६–२, ६–१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६–२, ६–३ को सेटमा पराजित गरे। गोविन्द नेपालीले वाकओभर पाउँदै दोस्रो चरणमा पुगे।

यसैगरि वुमन्स सिंगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३, ६–० को सोझो सेटमा हराइन् । आयुषा डोल्कर गुरुङ र भगवती बिक वाकओभर पाउँदै अघि बढे।

यसैगरि ३५ प्लस सिगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६–०, ६–० ले, चोम बहादुर शाहले प्रकाश बस्नेतलाई ७–५, ६–२ ले पराजित गरे । केशव खत्री वाकओभर पाउँदै अघि बढे।

यसैगरि ४५ प्लस सिगलमा गोपाल ज्ञवालीले विष्णु बहादुर थापालाई ६–३, ६–३ ले, मनोज नेपालले विष्णु चापागाईलाई ६–२, ६–० ले हराए। राज गुरुङले वाकओभर पाए ।

सिंगल ५५ प्लसमा राजकुमार गुरुङले मछिन्द्र थापालाई ६–४, ६–३ ले, उत्तम बोगटीले अजय बिष्टलाई ६–५, ६–२ ले हराए।‌ चन्द्र शाहीले वाकओभर पाए‌‌।

डबल्स ३५ प्लसमा प्रकाश बस्नेत र भिम बहादुर मगरको जोडीले सोम राना र अर्जुन गुरुङको जोडीलाई ७–५, ६–३ ले हरायो।‌

डबल्स ४५ प्लसमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीले राज गुरुङ र माधव भण्डारीको जोडीलाई ६–१, ६–४ ले पराजित गर्यो। कमल भण्डारी र सुर्दशन विष्टको जोडी वाकओभर पायो।

डबल्स ५५ प्लसमा सुर्दशन विष्ट र हिमाल शाहको जोडीले विष्णु चापागाई र अब्दुल सहमतको जोडीलाई ६–२, ६–१ ले पराजित गर्यो ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

त्यस अवसरमा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरियो ।

Success

Thank you for your time.