default_image

2 months ago

July 14, 2024

अल्काराजलाई लगातार दोस्रो विम्बल्डन उपाधि

1467 views

0 Bookmark

एजेन्सी – स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक ग्रान्ड स्लाम विम्बल्डन उपाधि जितेका छन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्काराजले आइतबार नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् ।

अल्काराजले ६-२, ६-२ र ७-६ (७-४) ले जोकोभिचलाई हराए । जोकोभिचले अन्तिम सेटमा ३ च्याम्पियनसिप अंक बचाएका थिए । तर अन्त्यमा टाईब्रेकरमा उनी पराजित भए ।

अल्काराजको यो चौथो ग्रान्ड स्लाम उपाधि हो । गत वर्ष विम्बल्डन उपाधि जितेका उनले सन् २०२२ मा युएस ओपन र यसै वर्ष फ्रेन्च ओपन उपाधि जितेका थिए ।

आज पराजय भोगेका जोकोभिचले २४ ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनी सबैभन्दा धेरै ग्रान्ड स्लाम उपाधि जित्ने पुरुष खेलाडी हुन् ।

Success

Thank you for your time.