default_image

8 years ago

August 20, 2016

दिपक ओलम्पिक खेलको फाइनलमा लाईन जज

84 views

0 Bookmark

नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गन महिला ब्याटमिन्टनको फाइनल खेलमा लाईन जजको भूमिका निर्वाह गरेका छन । बिहिबार भएको खेलमा भारतकी पिभी सिन्धुलाई बिश्व नमबर १ स्पेनकी क्यारोलिनाले हराएकी थिइन ।

Dipak Thapa

अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा छानिएका थापा ३ लाईन जज मद्धे फाइनलको लागि छानिएका थिए ।

‘यो मेरो लागि मात्र होइन, समग्र देशका लागि गर्वको कुरा हो,’ थापाले सेतोपाटीलाई खेल पछी बताएका थिए  ।

यसाघी ओलम्पिक को २१ खेलमा लाईन जजको भूमिका निर्वाह गरी सकेका थापालाई उनको उत्कृष्ट निर्णयको आधारमा फाइनल खेलको लागी छानिएको थियो ।

Success

Thank you for your time.