default_image

6 years ago

May 17, 2018

ब्याडमिन्टकी शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्।

उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा दोस्रो स्थान हासिल गरेकी थिइन्।

Badminton Shova

मनोनयनमा परेका सम्पूर्ण खेलाडीहरु :

विमला श्रेष्ठ, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिपमा सहभागि

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँग मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

ज्ञानु अवाले, आर्चरी
–दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप, बंगलादेशमा तिलक पुन मगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक
–३ पल्ट राष्ट्रिय कीर्तिमान
–लक्ष्मण श्रेष्ठ स्मृति इन्डोर च्याम्पियनसिपमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा रजत पदक

सावित्रा भण्डारी, फुटबल
–मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल
–प्रधान सेनापति कपमा एपीएफलाई च्याम्पियन बनाउ“दा ५ खेलमा २८ गोल । मध्यमाञ्चल विरुद्ध १२, पश्चिमाञ्चल विरुद्ध ८, सुदूरपश्चिम विरुद्ध ५, आर्मी विरुद्ध १, पुलिस विरुद्ध २ गोल
–अन्तर जिल्ला राष्ट्रिय फुटबलमा स्याङ्जाको क्वाटरफाइनल यात्रामा १० गोल
–माल्दिभ्सको फुटसल लिगमा उत्कृष्ट प्रदर्शन

नविता श्रेष्ठ, टेबलटेनिस
–वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक
–कीर्तिमानी सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन
–पूर्णमान बज्राचार्य स्मृति, ठमेल ओपन च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा सफलता

Success

Thank you for your time.